४ जेष्ठ २०८१, शुक्रबार 1715996134
Banner

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ३० हजार नजिक

एजेन्सी । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीहरूको मृत्युको सङ्ख्या ३० हजार नाघेको प्यालेस्टिनी चिकित्सा स्रोतले बिहीबार बताएका छन् । गत २४ घन्टामा इजरायली लडाकू विमान र तोपखानाले गाजापट्टीका विभिन्न क्षेत्रमा गरेको आक्रमणका कारण दर्जनौँको मृत्यु भएको र गाजास्थित अस्पतालमा लगिएको स्रोतले सिन्ह्वासँग बताएको छ ।

Smoke rises after the Israeli air strike in the Gaza Strip on Monday, Oct. 9, 2023. Israel’s military battled to drive Hamas fighters out of southern towns and seal its borders Monday as it pounded the Gaza Strip. (AP Photo/Fatima Shbair)

सन् २०२३ को अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि मृत्यु हुनेको सङ्ख्या ३० हजारभन्दा बढी पुग्नुका साथै ७० हजारभन्दा बढी घाइते भएको बताइएको छ । सात अक्टोबर २०२३ मा दक्षिणी इजरायली सीमामा हमासले गरेको आक्रमणको बदलामा इजरायलले गाजा पट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ । जसमा करिब एक हजार २०० मानिस मारिएका थिए भने २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो ।