७ जेष्ठ २०८१, सोमबार 1716257641
राजनीति

नेपालमा दुतावास हुँदा पनि भिसाको लागि दिल्ली पठाउने काम आपत्तिजनक : सांसद एकनाथ ढकाल

काठमाडौं । प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नेपालको खस्कदै गएको अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा सभामुख मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व मन्त्रि समेत रहेका ढकालले विश्वका १८१ मुलुकसँग नेपालको द्विपक्षीय सम्बन्ध र ३० मित्र राष्ट्रमा नेपाली दुतावास हुँदा पनि अन्तर्राष्ट्रिय सम्बन्ध भने निरन्तर कमजोर हुँदै र बेवास्तामा पर्दै गएको प्रति चिन्ता व्यक्त गरे ।

संघिय सांसद ढकालले सन् २००६ मा ७६ औं स्थानमा रहेको नेपाली पासपोर्ट २०२४ मा १०३ औं स्थानमा झर्नु गरिबी, बेरोजगार, भ्रष्टाचार र सरकारको कमजोर कुटनीतिको कारण हो ? भन्दै नेपालमा शक्तिशाली मित्र राष्ट्रहरुबाट सरकार प्रमुखको भ्रमण नहुनुको कारण के हो ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे । केही समयअगाडि एको सयुक्त राष्ट्रसंघका महासचिवको भ्रमण पनि योजनाबद्ध नभई आकस्मिक भएको सांसद ढकालको जिकिर थियो।

‘के नेपाल सधै क्षेत्रीय राजनीतिको चपेटामा पिल्सीयर बस्ने हो’ ? ढकालले संसदमा प्रश्न गरे । सांसद ढकालले कतिपय मित्रराष्ट्रले काठमाडौँमा दुतावास हुँदापनि नेपालीलाई भिसा आवेदन गर्न दिल्ली जानुपर्ने बाध्यता सिर्जना गर्नु आपतत्तजनक छ भन्दै यो बिषय देशको प्रतिष्ठासँग जोडिएकोले उच्च स्तरीय कार्यदल बनाएर समाधान खोज्नु उचित हुने ढकालले सुझाब दिए । ढकालले भने, ‘गठबन्धन सरकारको घैटोमा घाम लागोस्, कुटनीतिमा पनि प्राथमिकता जाहोस’।