२०७९ आश्विन १६ आईतवार 1664757324
अर्थ

सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा श्री मनोज न्यौपाने नियुक्त भएका छन् । ३० चैत २०७८ मा बसेको संचालक समितिको बैठकले उनलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । उनी यस अघि सेञ्चुरी बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

काठमाण्डौं विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गरेका उनले बैंकिंङ्ग क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् । उनी बैंक व्यवस्थापन, संचालन तथा व्यवसाय प्रर्वद्धनका क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता, कर्मर्सियल बैंकिंङ्ग तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिल गर्नु भएका एक अनुभवी र कुशल व्यवस्थापकको रुपमा चिनिन्छन् ।