११ बैशाख २०८१, मंगलवार 1713924050
Banner

नेपाल नामिबियासँग पराजित

काठमाडौं। नेपाल नामिबियासँग २ विकेटले पराजित भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १६९ रनको लक्ष्य पछाएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ३७.१ ओभरमा १६८ रन बनाएर अलआउट भएको थियो ।

नामिबियाको जितमा कप्तान ग्रिर्हाड इरासमूसलाई ५२ रन बनाए । नेपालका कुशल भुर्तेलले तीन विकेट लिए । कुशल मल्ल, रोहीत पौडेल, ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो । नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए । कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए ।

नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि इटनले समान ४-४ तथा ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक-एक विकेट लिए ।

यसअघि लिग-२ को पहिलो खेलमा पनि नेपाल घरेलु मैदानमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेदरल्याण्डमाथि नेपालले सानदार जित निकालेको थियो । नामिबिया भने नेदरल्याण्डसँग पराजित भएको थियो ।