११ बैशाख २०८१, मंगलवार 1713928093
Banner

सितापाइलामा श्रीमती र दुई छोरीको हत्या गरी श्रीमान झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । काठमाडौंको सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमान पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा सोलुखुम्बुका रामप्रसाद सुनार (राजु घिमिरे) रहेको काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । उनका श्रीमती र दुई छोरीहरु कोठाभित्रै मृत फेला परेका थिए । रामप्रसादको शव भने घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।