११ बैशाख २०८१, मंगलवार 1713922431
Banner

सितापाइलामा एकै परिवारका ३ जनाको हत्या

काठमाडौं । काठमाडौंको सितापाइलामा एकै परिवारका ३ जनाको हत्या भएको छ । एक महिला, एक बालक र एक बालिका घरको कोठाभित्र मृत फेला परेका हुन् । 

उनीहरूमाथि धारिलो हतियार प्रयोग भएको छ।    प्रहरी वृत्तकी डीएसपी पूर्णिमा चन्दका अनुसार आमा र दुई छोरीको शव कोठामा भेटिएको हाे । बाबु सोलुखुम्बुका राजु घिमिरे भने फरार रहेको प्रहरीले बताएको छ । बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूमा तीन जनाको शव फेला परेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले घरको कोठाभित्र तीन वटा शव फेला परेको जानकारी पाएपछि घटनास्थल पुगेर अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।