८ जेष्ठ २०८१, मंगलवार 1716273528
विश्व

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार नजिक

एजेन्सी-गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २८ हजार ९८५ पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार जनाए अनुसार गत अक्टोबर ७ मा शुरु भएको इजरायल-हमास द्वन्द्वपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टाइनीहरू घाइते भएका छन् ।

Palestinians evacuate wounded people after an Israeli airstrike in Rafah refugee camp, southern Gaza Strip, Thursday, Oct. 12, 2023. As Israel escalates its war on Hamas, it will confront many of the same dilemmas it has grappled with over decades of conflict with the Palestinians. It will want to punish Hamas like never before, but without killing so many Palestinian civilians that it loses international support. (AP Photo/Hatem Ali)

इजरायली सेनाको आक्रमणबाट पछिल्लो २४ घण्टामा १२७ प्यालेस्टाइनीको मृत्यु भएको छ भने २०५ जना घाइते भएका छन् । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले दक्षिणी गाजा पट्टीको खान युनिस शहरको अल-अमल अस्पतालले इजरायली ट्याङ्कहरूबाट थुप्रै प्रत्यक्ष आक्रमणहरू भएको बताएको छ।