६ बैशाख २०८१, बिहीबार 1713499624
Banner

२०७८ साल षड्यन्त्रको वर्ष रहयो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०७८ साललाई षडयन्त्रको वर्ष भएको बताउनुभएको छ ।
बुधबार नेकपा (एमाले) विराटनगर महानगर कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २०७८ सालमा मुलुकमा धेरै षडयन्त्र भएको बताउनुभयो ।

उहाँले २०७८ साल संविधान विरोधी र अस्थिरताका पक्षधरहरुले असंवैधानिक ढंगले विकासको गतिलाई रोकेर देशलाई पछाडि फर्काउन खोजेको आरोप लगाउनुभयो। उहाँले २०७९ साललाई एमालेको विजय वर्ष बनाउन सबैमा आह्वान समेत गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टी छोडेर एमालेमा प्रवेश गर्नेहरुलाई पार्टीमा स्वागत गरेका गर्नुभएको थियो ।