२०७९ मंसिर १६ शुक्रबार 1669990797
शिक्षा /स्वास्थ्य

थप १९ जनामा कोरोना पुष्टि, ४९ निको

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३४९ जनाको पीसीआर परीक्षण गर्दामा १५ जना र १ हजार ३३६ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४९ जना निको भएका छन् भने हाल देशभर ५२० जना सक्रिय संक्रमित रहेका छन् ।