२ जेष्ठ २०८१, बुधबार 1715830149
Banner

सुनको मूल्य १२ सय घट्यो  

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा १ हजार २००ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि आज घटेको छ । हिजो तोलामा प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ३० रुपैयाँले घटेर कारोबार भइरहेको छ ।