६ जेष्ठ २०८१, आईतवार 1716141294
Banner

नातिसहित हजुरबुबा मृत फेला

नवलपरासी । नवलपरासीमा हजुर बुवा र नाति एकै ठाउँमा मृत अवस्थामा फेला परेका छन् । सुस्ता गाउँपालिका वडा नम्बर ३ मर्चहवा बस्ने ६५ वर्षका यक्षलाल चमार र निजको नाति वर्ष ११ को गौचरण चमार आफू बस्दै आएको घर नजिकै मृत अवस्थामा फेला परेका हुन् ।

नारायणी नदीको ५ नम्बर ठोकरदेखि ५ सय मिटरको दुरीमा बिगत ४-५ वर्षदेखि उनीहरू कच्ची छाप्रोमा बसोबास गरी खेतीपाती गर्दै आइरहेका थिए । उनका छोरा बुहारी दुई नाति र एक नातिनी रहेकोमा मृतक नातिलाई हजुरबुवासँगै छोडेर बुहारी  एक डेढ महिनादेखि आफ्नो माईती भारत गएको बताइएको छ ।मृतक यक्षलालका छोरा रोजगारीको शिलशिलामा गएपछि बुहारी माइत गएकी थिइन् ।

आज बिहान करिब ६ बजेको समयमा स्थानीयले नाति र हजुरबुवा दुबैलाई मृत अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।

अहिले घटना स्थलमा प्रहरीले तालिमप्राप्त कुकुर समेत परिचालन गरि अनुसन्धान भइरहेको सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो । घटना शङ्कास्पद देखिएको प्रहरीको भनाई छ ।