१ जेष्ठ २०८१, मंगलवार 1715735688
Banner

क्यानाडाविरुद्ध नेपालको शानदार जित

काठमाडौं । नेपालले क्यानडाविरुद्धको शृङ्खला क्लीनस्वीप गरेको छ। अनिल साह र भीम सार्कीको कीर्तिमानी साझेदारीसँगै नेपालले क्यानडाविरुद्धको अन्तिम खेलमा ९ विकेटको शानदार जित हात पारेको हो।

नेपालका लागि अनिल र भीमले शतक प्रहार गरे। ओपनर अनिलले १२४ बलमा १२ चौका र २ छक्कासहित ११२ रनमा अविजित रहे भने १२९ बल खेलेका भीम ११ चौका र १ छक्कासहित १०१ रनमा अविजित रहे।

यसअघि ओपनर कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए। नेपालले पहिलो खेलमा ७ रनको रोमाञ्चक जित हात पारेको थियो भने दोस्रो खेल ४ विकेटले जितेको थियो।

नेपालले पर्सीदेखि आइसीसी लिग २ को खेल खेल्दैछ। नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग आइसीसी लिग २ को खेल खेल्नेछ। त्यसलगत्तै नामिबिया र नेदरल्यान्ड्ससँगै टी २० सिरिज खेल्नेछ।