७ बैशाख २०८१, शुक्रबार 1713520424
Banner

पुष्पराम केसी सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त

काठमाडौं– पुष्पराम केसी सशस्त्र प्रहरी बलको महानिरीक्षक हुनुभएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीलाई महानिरीक्षक नियुक्त गरेको हो । सोमबार महानिरीक्षक शैलेन्द्र खनाल ४ वर्षे पदावधि पूरा गरेर संगठनबाट बिदा भएपछि वरीयतामा अगाडि रहेका केसी महानिरीक्षक हुनुभएको थियो ।

केसीकै ब्याचका रामशरण पौडेल पनि आइजीपीका प्रतिस्पर्धी हुनुहुन्थ्यो । केसी उमेर हदका कारण वैशाख १९ मा अवकाशमा जाँदै हुनुहुनुहुन्छ ।