८ जेष्ठ २०८१, मंगलवार 1716298808
विश्व

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सेना प्रमुख बर्खास्त

युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको सेना प्रमुख भालेरी जालुज्नीलाई बर्खास्त गर्नुभएको छ । रुससँगको द्वन्द्व सुरु भएदेखि नै राष्ट्रपति जेलेन्स्की र जनरल जालुज्नीबीचको सम्बन्ध सुमधुर हुन नसकेको चर्चा हुँदै आएको थियो ।

राष्ट्रपति जेलेन्स्कीले सेनापति जालुज्नीको स्थानमा जनरल ओलेक्सान्डर सिर्स्कीलाई नियुक्त गर्नुभएको छ । फेब्रुअरी २०२२ मा रुसले आक्रमण सुरु गरेपछि युक्रेनको सैन्य नेतृत्वमा यो सबैभन्दा ठूलो परिवर्तन हो ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उच्च कमाण्डलाई नवीकरण गर्न आवश्यक रहेकोले परिवर्तन गरिएको बताउनु भएको छ । यसैबीच राष्ट्रपति जेलेन्स्कीले जनरल जालुज्नी पनि आफ्नो टोलीमा रहन सक्ने बताउनु भएको छ ।