१३ बैशाख २०८१, बिहीबार 1714106780
Banner

ओखलढुंगामा बलेरो दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु

काठमाडौं । ओखलढुंगामा प्रहरीहरू चढेको बलेरो जिप दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मनिष राजवंशी रहेका छन्। बुधबार बिहान ओखलढुंगाबाट विराटनगर जाँदै गरेको बा१७च १०९४ नम्बरको बलेरो मानेभञ्ज्याङ गाउँपालिका–६ हर्कपुर भन्ने ठाउँमा भीरबाट तल खसेको ओखलढुंगाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले बताए।

उनका अनुसार बलेरोमा ९ जना सवार थिए। एक जना गाडी चालक र अन्य सबै प्रहरी थिए। उनीहरूको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत् काठमाडौंस्थित नेपाल प्रहरी अस्पताल लैजाने तयारी भइरहेको खनालले बताए।
‘चार जनाको अवस्था चिन्ताजनक रहेको बुझिएको छ, अन्य सबै घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको ।

खनालका अनुसार बिहान ९ बजे बलेरो दुर्घटना भएको थियो। प्रहरीहरू कोही बिदामा र कोही सरूवा भएर विराटनगर हिँडेका थिए।