९ जेष्ठ २०८१, बुधबार 1716408391
Banner

माओवादीको चुनाव प्रचारमा कुलमानको फोटो, जनस्तरबाट विरोध

काठमाडौं– माओवादीको चुनाव प्रचारमा सरकारी तलब खाइरहेका विद्युत् प्राधिकरण प्रमुख कुलमान घिसिङको फोटो प्रयोग भएको छ ।

‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निःशुल्क बिजुलीको’ शीर्षकमा अध्यक्ष प्रचण्डले नै फेसबुकमा पोस्टर सेयर गर्नुभएको छ । प्रचण्ड, जनार्दन शर्मा र घिसिङको फोटो पोस्टरमा छ ।

निर्वाचन आयोगका अधिकारीअनुसार उक्त पोस्टर आचारसंहिताविपरीत हो ।

जनस्तरमा पनि कुलमानको फोटो राखेकामा व्यापक विरोध उठिरहेको छ ।