१३ बैशाख २०८१, बिहीबार 1714045915
विश्व

न्यूयोर्कको सब–स्टेसनमा आक्रमण, १३ जना घाइते

काठमाडौं । अमेरिकाको ब्रुकलिन सबस्टेसनमा मंगलबार अन्धाधुन्ध गोली प्रहार हुँदा दर्जनौँ घाइते भएका छन् ।

अधिकारीहरूका अनुसार बिहान साढे ८ बजेको व्यस्त समयमा अज्ञात समूहबाट सो आक्रमण भएको थियो ।

घटनामा गोली लागेका १३ जनालाई तत्काल अस्पताल पुर्‍याइएको न्यूयोर्क फायर डिपार्टमेन्टले जनाएको छ । घटनास्थलमा केही विस्फोटक पदार्थ भेटिएको अपुष्ट समाचार केही सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । न्यूयोर्क पुलिस डिपार्टमेन्टले भने कुनै सक्रिय विस्फोटक वस्तु नभेटिएको जनाएको छ । प्रहरीले उक्त स्थान खाली गर्नका लागि सूचित गरेको छ ।

ट्विटरमा एक प्रयोगकर्ताले सब वेमा गोली लागेका मानिसहरूको भिडियो पोस्ट गरेका छन् । उक्त भिडियोमा केही जलिरहेको र धुवाँ उडेको देखिन्छ ।

धेरैले यो घटना आतंकवादी हमला हुन सक्ने आशंका व्यक्त गरेका छन् । तर, अधिकारीहरूले अहिलेसम्म यसको पुष्टि गरेका छैनन् ।

केही मिडियाले एक शंकाष्दद व्यक्ति निर्माण कामदारको युनिफर्म लगाएर ग्यास मास्कसहित घटनास्थलमा देखिएको जनाएका छन् ।