१३ बैशाख २०८१, बिहीबार 1714067652
Banner

लेटाङ घटनामा मारिएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोली प्रहारबाट भएको पोस्टमार्टम रिपोर्ट

विराटनगर । मोरङको लेटाङ घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको गोली लागेर मृत्यु भएको खुलेको छ । 

चैत ६ गते एक शिक्षकले विद्यार्थीमाथि दुर्व्यवहार गरेको घटनापछि हिंसा भड्कँदा भएको झडपमा २६ वर्षीय श्रेष्ठको मृत्यु भएको थियो । त्यतिबेला उनको धारिलो हतियार प्रहारबाट मृत्यु भएको बताइएको थियो ।

तर, पोस्टमार्टम रिर्पोटमा उनको गोली लागेर मृत्यु भएको खुलेको हो ।

श्रेष्ठको कोशी अस्पताल विराटनगरमा गरिएको पोस्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फाइयर आम इन्जुरी’ भन्ने उल्लेख छ । प्रहरीले गरेको लामो अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमा बुझाइएको अनुसन्धान प्रतिवेदनमा वनि श्रेष्ठको शरीरबाट गोली निकालिएको उल्लेख छ ।

श्रेष्ठमाथि लागेको गोली नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला परीक्षण गर्दा त्यो प्रहरीको हतियारबाट निस्केको गोलीसँग नमिलेको जनाइएको छ ।