८ जेष्ठ २०८१, मंगलवार 1716292513
Banner

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल

एजेन्सी। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको विशेष अदालतले सोमबार पूर्वप्रधानमन्त्री खान र पूर्व विदेशमन्त्री शाह महमुद कुरेशीलाई १० वर्षको जेल सजाय सुनाएको हो ।

इमरान खान प्रधानमन्त्री रहँदा कुरेशी विदेशमन्त्री थिए । दुवै नेतालाई गोप्य दस्तावेज खुलासा गरेको आरोपमा सजाय भएको हो ।

इमरान खानलाई यसअघि अर्को एक मुद्दामा समेत दोषी ठहर गर्दै तीन वर्ष जेल सजायको फैसला सुनाइएको थियो । राज्यको गोपनीयतालाई सार्वजनिक गरेको आरोपमा उनलाई उक्त कैद फैसला भएको कतारी विश्व च्यानल अलजजिराले उल्लेख गरेको छ ।