११ बैशाख २०८१, मंगलवार 1713933671
Uncategorized

काठमाडौंमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौंको पिंगलास्थानमा बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालकको मृत्यु भएको छ ।

काठमाडौं शान्तिनगर बस्ने दोलखाकी २५ वर्षीया कृतिका कार्कीको मृत्यु भएको हो । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ५ बजे कार्कीको मृत्यु भएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।

गौशालाबाट एयरपोर्टतर्फ तीव्र गतिमा जाँदै गरेको बा५ख १५३८ नम्बरको यात्रीवहाक बसले वाग्मती प्रदेश–०२–०२१ प १९३५ नम्बरको स्कुटरलाई सोमबार साँझ ६ बजेतिर ठक्कर दिएको थियो ।

दुर्घटनापश्चात् फरार रहेका बस चालकको खोजी भइरहेको जनाइएको छ ।