११ बैशाख २०८१, मंगलवार 1713877437
समाचार

माओवादीका सुनकोशी गाउँपालिका अध्यक्ष धमला एमालेमा प्रवेश

ओखलढुंगा – नेकपा माओवादी केन्द्र सुनकोशी गाउँपालिकाका अध्यक्ष छवि धमला एमालेमा प्रवेश गर्नु भएको छ ।

माओवादी केन्द्रका प्रभावशाली युवा नेता धमला आज नेकपा एमालेमा प्रवेश गर्नु भएको हो ।

माओवादी पार्टी सिद्वान्त विपरित कम्युनिष्ट आन्दोलन र मुलुकको समृध्दिमा बाधक बनेर कांग्रेको वैशाखी टेक्न पुगेकाले आफूले पार्टी परित्याग गरेको धमलाले बताउनु भयो ।

देश र जनताको हितमा एमालेमा रहेर योगदान गर्ने बताउनु भयो । ओखलढुंगामा एमालेले जितेपछि भएको विकास र परिवर्तनको चर्चा गर्दै माओवादीमा रहनेहरु ढिलो-चाँडो एमालेमा आउने बताउनु भयो ।

धमलासहित ४७ जना आज पार्टी प्रवेश गरेको एमाले सुनकोशीका सचिव गिर्व थापा मगरले जानकारी दिनु भयो ।

कटुञ्जेमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई एमाले नेताहरु बालकृष्ण ढुंगेल, यज्ञराज सुनुवार, अम्बिरबाबु गुरुङ, किशोर अधिकारी, मोहन श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।

यसअघि माओवादीका चम्पादेवी अध्यक्ष खड्ग कार्की एमाले प्रवेश गरिसकेका छन् ।