८ बैशाख २०८१, शनिबार 1713643112
राजनीति

बुटवलको मेयरका लागि एमालेबाट ८ जनाको नाम सिफारिस

बुटवल – बुटवल उपमहानगरपालिकाको नगर प्रमुख (मेयर) पदमा नेकपा एमालेले ८ जनाको नाम सिफारिस गरेको छ ।

एमाले उपमहानगर कमिटीको बैठकले ८ जनाको नाम जिल्लामा सिफारिस गरेको हो । नगर अध्यक्ष किसन ज्ञवालीले ३ जना केन्द्रीय सदस्यसहितको नाम जिल्लामा पठाएको बताउनु भयो ।

उहाँकाअनुसार अहिलेका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्य, गोपाल राना, बाबुराम भट्टराई, सावित्रा अर्याल, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराई रहेका छन् । सुवेदी,  आचार्य र अर्याल केन्द्रीय सदस्य हुन् । 

यस्तै उपमेयरमा पनि पाँच जनाको नाम सिफारिस गरिएको छ । जसमा खेम लुईँटेल, मधुकला कुँवर, टंक पराजुली, कल्पना थापा र ज्ञानु केसी रहेको छ ।