१३ बैशाख २०८१, बिहीबार 1714062144
Banner

भरतपुरका २९ वटै वडाका कांग्रेस सभापतिले मेयर नपाए विद्रोह गर्ने

चितवन / भरतपुर महानगर नगरपालिकामा काग्रेंसले मेयर नपाए सबै वडाका सभापतीले विद्रोह गर्ने चेतावनी दिएका छन् ।

पाँचदलीय गठबन्धनबाछ निर्वाचन लड्न केन्द्रमा सहमती गरेका दलहरुले भरतपुर माओवादी केनद्को भागमा दिने समाचार बाहिरीरहेको बेला नेपाली कांग्रेसका भरतपुर महानगरपालिका अन्तर्गत २९ वटै वडाका सभापतिहरुले विद्रोहको चेतावनी दिएका हुन् ।

कांग्रेसको महानगर वडा समितिका सभापतिहरुको बैठकले भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले नपाए सबै वडामा स्वतन्त्र उम्मेदवार खडा गर्ने निर्णय गरेको हो । बैठकले चुनावी तालमेलका क्रममा भरतपुर महानगरको मेयर छाड्ने निर्णय केन्द्रबाट भए सबै वडामा विद्रोह गर्ने निर्णय गरेको हो । औपचारिक निर्णयसहितको ज्ञापनपत्र कांग्रेस जिल्ला सभापति राजेश्वर खनाललाई बुझाइएको छ ।

केन्द्रले भरतपुरको मेयर अरु पार्टीलाई दिए सबै वडामा कांग्रेसको उम्मेदवार खडा गर्ने र गठबन्धनको निर्णय अस्वीकार गर्ने ज्ञापनपत्रमा उल्लेख छ । आजको भेलामा २५ वडाका सभापतिहरु सहभागि हुनुहुन्थ्यो । प्राविधिक कारण अनुपस्थित रहेका अन्य ४ वडा सभापतिले पनि निर्णयमा सहमति जनाइसक्नु भएको छ ।

उता केन्द्रमा भने जुन पार्टीले जहाँ अघिल्लो निर्वाचन जितेको हो त्यो ठाउँ त्यही पार्टीलाई दिने मोडालिटिमा छलफल चलिरहेको छ। यदी यो मोडालिटीमा गए भरतपुर नगरपालिका माओवादीको भागमा जाने निश्चित छ । अघिल्लो पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाललाई बनाउन काग्रेंसले सहयोग गरेको पैचो यत्तिखेर भरतपुरका कग्रेंसीहरु मागिरहेका छन् । उता माओवादी अध्यक्ष प्रचण्ड भने जसरी पनि भरतपुर नछोड्ने लाइनमा देखिएका छन् ।