२०७९ आश्विन १२ बुधबार 1664368943
Banner

सत्ता गठबन्धन विप्लवको बहाना देखाएर चुनाव सार्ने खेलमा लागेको छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई चुनाव हुन नदिने पाँच दलीय गठबन्धनको षड्यन्त्रको मतियार नबन्न सुझाव दिनुभएको छ । आज ललितपुरमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पुस्तक विमोचन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन स्थानीय तहलाई पङ्गु बनाउन लागि परिरहेको बताउनुभयो । ‘

अध्यक्ष ओलीले भन्नुभयो, ‘सरकार विप्लवको नाम देखाएर निर्वाचन सार्न लागि परेको छ ।’ विप्लवलाई लोकतन्त्र विरोधी मतियार नबन्न उहाँको आग्रह थियो। उहाँले भन्नुभयो, विप्लव जी, जनताले इमानदार नेताको रूपमा बुझ्छन्,भलै तपाईँका एजेन्डा जे सुकै होस्, हामी तपाइलाई लोकतन्त्रको विरुद्ध षडयन्त्र गर्ने शिकार बनाइदैछ तपाइ फस्ने खतरा हामी देख्दै छौ । चुनाव पर सार्न नलाग्नुहोस्, समयमा पार्टी दर्ता गर्नुभएन, जहाँ जितिन्छ त्यहाँ कि त स्वतन्त्ररुपमा लड्नुहोस् कि सुर्य चिन्ह लिएर लड्नुहोस्, आफ्नो पार्टी र कार्यकर्ता जोगाउनुहोस् ।’ ओलीको भनाई थियो ।