७ बैशाख २०८१, शुक्रबार 1713577308
Banner

निर्वाचनमा खटिने अधिकृतलाई आयोगले आजदेखि अभिमुखीकरण तालिम दिने

काठमाडौं । निर्वाचन आयोगले आजदेखि स्थानीय तह निर्वाचनमा खटिने निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालयका प्रमुखहरुलाई अभिमुखीकरण तालिम दिँदैछ।

आजदेखि वैशाख ३ गतेसम्म सात वटै प्रदेशको ८ स्थानमा स्थानीय तह निर्वाचनमा खटिने ७५३ जना निर्वाचन अधिकृत र ७७ जिल्ला निर्वाचन कार्यालयका प्रमुखका लागि अभिमुखीकरण तालिम दिन लागेको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार अभिमुखीकरण कार्यक्रमका लागि प्रदेश १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, गण्डकी प्रदेशमा आयुक्त सगुन शम्शेर जवरा र कर्णाली प्रदेशका लागि आयुक्त जानकी कुमारी तुलाधर सहभागी हुनेछन्।