६ बैशाख २०८१, बिहीबार 1713476862
राजनीति

ढकारी गाउँपालिकाबाट एमालेद्धारा अध्यक्ष उपाध्यक्ष सर्वसम्मत सिफारिस

काठमाडौं। नेकपा एमाले ढकारी गाउँ संगठन कमिटीले आगामी स्थानिय तहको निर्वाचनका लागि अध्यक्ष, उपाध्यक्षका उम्मेदवार सर्वसम्मत चयन गरेर पठाएको छ । संगठन कमिटिको सोमबार भएको भेलाले एमाले अछामका पुराना नेता धर्म बहादुर शाहीलाई अध्यक्ष र युवा नेतृ एमाले अछामका सदस्य माया देवि बुढालाई उपाध्यक्षको उम्मेदवारका लागि सर्वसम्मत छनोट गरेर माथिल्लो कमिटीमा पठाएको हो । पालिका अध्यक्ष अम रसिंह बुढाको अध्यक्षतामा भएको बैठकमा उम्मेदवार छनौटका लागि गाउँपालिका संगठन कमिटी सचिव नहकुल साउदले राखेको प्रस्ताव भेलाले सर्वसम्मतअनुमोदन गरेको थियो । भेलामा ढकारी गाउँपालिका अन्तर्गतका ८ मध्ये ३ वटा वडामा वडा अध्यक्षका उम्मेदवार पनि सर्वसम्मत भएको सार्वजनिक गरिएको जनाइएको छ ।

पालिकाको वडा नम्बर ३ बाट धन बहादुर बुढा, वडा नम्बर ४ बाट नैनसिंह बुढा र वडा नम्वर ८ बाट दिपेन्द्र खडका वडा अध्यक्षको उम्मेदवारका लागि सर्वसम्मत भएको भेलामा सहभागी प्रेस चौतारी नेपालका केन्द्रिय अनुशासन आयोगका सदस्य कृष्ण बहादुर बुढाले जानकारी दिनु भयो । बैठकमा एमालेका जिल्ला सचिवालय सदस्य तथा गाउँपालिमा इन्चार्ज टोप बहदुर शाही प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि शाहीले अहिलेको गठबन्धन देश र नेपाली जनताका बिरुद्ध भएको बताउनु भयो । आगामि स्थानिय तहको चुनावमा नेता कार्यकर्तालाई एकमत भएर आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गर्नु भयो ।

बैठकमा जिल्ला सल्लाहकार धर्म बहादुर शाही, जिल्ला कमिटी सदस्य मायादेवी बुढा, हिमा शाही, जिल्ला कमिटी सदस्य लछिराम भण्डारी, दिपेन्द्र खडका, नेत्र शाही, नेता महादेव बुढा, गोपाल सिंह बुढा र प्रेस चौतारी नेपालका केन्द्रिय अनुशासन आयोगका सदस्य कृष्ण बहादुर बुढा लगाएत एमालेका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।