६ बैशाख २०८१, बिहीबार 1713473753
Uncategorized

ललितपुर एमाले अधिवेशन : आज प्रतिनिधि छनोट

ललितपुर एमालेले आसन्न जिल्ला अधिवेशनका लागि जिल्लाभर मंगलबार प्रतिनिधि छनोट गर्ने भएको छ ।

एमाले जिल्ला सचिव पुरुषेत्तम आचार्यले सबै वडाहरूका भेलामार्फत मंगलबार प्रतिनिधि छनोट हुने बताए । ‘हामी भोलि (बुधबार) बैठक बसेर जनसंगठनबाट प्रतिनिधि सहभागीबारे निर्णय गर्छौं,’ उनले भने ।

मंगलबार छनौट भएका प्रतिनिधि यही २५ गते सातदोवाटोस्थित ललितपुर पार्टी प्यालेसमा आयोजना हुने बन्दसत्रमा सहभागी हुनेछन् ।

जिल्ला अधिवेशनको उद्घाटन भने मंगलबजारस्थित दरवार परिसरमा हुँदै छ । उद्घाटन सत्रललाई शक्ति प्रर्दशनका रुपमा लिँदै एमालेल हरेक वडाबाट कम्तिमा एक सय जना सहभागी गराउन सकुर्लर गरेको छ ।

हरेक वडाबाट चार जना प्रतिनिधि आउनेछन् । २८३ जना जिल्ला सदस्य स्वतः प्रतिनिधि हुनेछन् । २५० जना सक्रिय सदस्य भएको वडाबाट चार जना प्रतिनिधि चुनिनेछन् भने प्रत्येक १०० बराबर एक जना थप प्रतिनिधि अधिवेशनमा सहभागी हुनेछन् ।

हरेक वडाबाट छानिने प्रतिनिधिले जिल्ला अध्यक्ष छान्न निर्वाचनमा भाग लिन पाउछन् ।

ललितपुर एमाले सचिव पुरुषोत्तम आचार्य, प्रदेश सासंद चेतनाथ सञ्जेल,पुर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल र जिल्ला पार्टीका सहसंयोजक प्रेमभक्त महर्जन एमाले लतितपुरको अध्यक्षका लागि दौडधुप गरिरहेका छन् ।

आचार्य ललितपुर एमालेका सचिव हुन् भने सञ्जेल प्रदेश सासंद हुन् । पहिले जिल्ला उपाध्यक्षसमेत रहेका सिलवाल गोदावरी नगरपालिकाको स्थानीय निर्वाचन पराजित भएका थिए ।

बुङमतीका गाविस अध्यक्षसमेत भएका महर्जन १० बुँदे सहमतिपछि जिल्ला पार्टीको सह संयोजक नियुक्त भएका थिए ।