४ जेष्ठ २०८१, शुक्रबार 1715945496
Banner

मध्य चीनको कोइला खानी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

एजेन्सी । मध्य चीनको हेनान प्रान्तको पिङडिङशान शहरमा रहेको कोइला खानीमा शुक्रबार दिउँसो भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । सो दुर्घटनामा अन्य तीन जना बेपत्ता भएका छन्।

दुर्घटना दिउँसो २ः५५ बजे भएको थियो । पिङडिङशान तियानान कोल माइनिङ कम्पनी लिमिटेडको कोइला खानीमा शुक्रबार कोइला र ग्यास विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उद्धार कार्य अझै जारी छ।