२०७९ आश्विन १६ आईतवार 1664772288
समाचार

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक ३० गते बस्ने

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही चैत ३० गते बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न हुने बैठकले स्थानीय तह निर्वाचनको घोषणापत्रलाई अन्तिम रूप दिनेछ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकसम्बन्धी आज एक सूचना जारी गर्दै केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बैठकमा उपस्थित हुन आग्रह गर्नुभएको छ ।