६ जेष्ठ २०८१, आईतवार 1716125282
Banner

बस दुर्घटनामा परी मृत्यु भएका १२ जनाकै सनाखत

तुलसीपुर । दाङको भालुबाङमा गतराति भएको बस दुर्घटनामा परी मृत्यु भएका १२ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ

दुर्घटनामा परी एक महिला सहित १२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षीय अनिल खड्का (भरतपुर उपमहानगर २५‚ चितवन, २५ वर्षीय सञ्जय केसी (खजुरा गाउँपालिका ३‚ बाँके), २८ वर्षीय अर्पण थापा (कोहलपुर नगरपालिका(८‚ बाँके) रहेका छन्।

उनीहरूको शनिबार दिउँसो सनाखत भएको जिल्ला प्रहरी दाङका प्रवक्ता एवं डीएसपी जनकबहादुर मल्लले जानकारी दिए।

त्यसैगरी ६० वर्षीया कुसुम बस्नेत (नेपालगञ्ज), ३९ वर्षीय सौरभ विष्ट (हेटौंडा), ६५ वर्षीय ताराकान्त पाण्डे (चन्द्रागिरि नगरपालिका १५‚ काठमाडौँ) , ४० वर्षीय मुनबहादुर रावत (श्रीढुम्का ९‚ जुम्ला)‚ ३० वर्षीय रामवरण हरिजन (बाँके), २५ वर्षीय दीपक कामी (गोतामकोट‚ रुकुम), भारतका ४५ वर्षीय चेतराम शिल्पकार (बहराइच नानपारा बग्लुभौतपुर)‚ ३१ वर्षीय मुने (अतिकुल्ला खैरे‚ उत्तरप्रदेश), ६७ वर्षीय योगेन्द्रराम जोगेन्द्र राम (पूर्वी चम्पारण मलाई‚ बिहार) पनि मृत्यु भएको छ।

दुर्घटनामा परी घाइते भएकाहरूमध्ये ९ जनाको बुटवलमा र ११ जनाको बाँकेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ३ जना उपचारपश्चात् डिस्चार्ज भएका छन्।

बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति करिब साढे १० बजेतिर राप्ती गाउँपालिका १ भालुबाङस्थित राप्ती नदी पुलबाट खसेको थियो। बसमा ३७ यात्रु सवार थिए।