१२ बैशाख २०८१, बुधबार 1713970134
अर्थ

क्यान इन्फोटेक वैशाख ७ गतेदेखि हुने

काठमाडौँ । सूचना सञ्चार र कम्प्युटर प्रविधिमा आधारित विभिन्न सेवा र उपकरणहरूको प्रदर्शनी गर्ने उद्देश्यले आगामी वैशाख ७ देखि १२ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सूचना प्रविधि मेला क्यान इन्फोटेक आयोजना हुने भएको छ ।

६ दिन आयोजना हुने आइएमई पे क्यान इन्फोटेक २०२२ को तयारी अन्तिम चरणमा पुगेको क्यान महासङ्घले जनाएको छ ।

क्यान इन्फोटेकको २७ औँ संस्करण यसअघि कोभिड–१९ नियन्त्रण गर्न सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको थियो ।

विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाडौँमा मात्र हुने भएको क्यान महासङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

२७ औँ क्यान इन्फोटेकको शीर्ष प्रायोजन आइएमई पेले गरेको आयोजकले जनाएको छ । यस पटकको इन्फोटेकमा पेपरलेस एवम् क्यासलेस प्रवेश टिकटको व्यवस्था गरिने भएको छ । जसमा प्रवेश शुल्क एक रुपैयाँ तोकिएको छ ।