११ बैशाख २०८१, मंगलवार 1713898293
खेलकुद

नेकोस दोलखाको अध्यक्षमा विनोद मोक्तान

चैत्र । नेपाल खेलकुद महासंघ (नेकोस) दोलखाको अध्यक्षमा फुटबल खेलाडी विनोद मोक्तान निर्वाचित भएका छन् । सोमबार जिल्ला सदरमुकाम चरिकोटमा सम्पन्न दोश्रो जिल्ला अधिवेशनले मोक्तानको अध्यक्षतामा ४८ सदस्यीय कमिटी निर्विरोध निर्वाचित गरेको हो ।

अधिवेशनको उद्घाटन गर्दै महासंघका स्थायी कमिटी सदस्य तथा स्कुल विभाग प्रमुख प्रभात विक्रम कटवालले खेल क्षेत्रको दिगो विकासका लागि महासंघले एक वडा एक खेल मैदान तथा एक पालिका एक रंगशालाको निति लिएको जानकारी दिए ।

अधिवेशनमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्वमन्त्री आनन्दप्रसाद पोखरेल, एमाले केन्द्रीय सदस्य सरस्वती बस्नेत, एमाले बागमती प्रदेश कमिटी सदस्य लक्ष्यण गुभाजु, एमाले दोलखा अध्यक्ष नर बहादुर श्रेष्ठ, महासंघका स्थायी कमिटी सदस्य एवं प्रवक्ता उमेश केसी, स्थायी कमिटी सदस्य विदुर शर्मा, युवा संघ नेपालका नेता महाराज गुरुङ, सचिवालय सदस्य तिर्थबहादुर खड्का, केन्द्रीय सदस्य हरिवंश कडरीया, केन्द्रीय सदस्य रीनन पोखरेल, बागमती प्रदेश अध्यक्ष सीताराम कार्की, एमाले दोलखाका सदस्य नेत्र मोक्तान, नेकोस दोलखाका निवर्तमान अध्यक्ष अर्जुन थापा लगायतले आआफ्नो धारणा राखेका थिए । नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्य हरुलाई प्रमुख अतिथि कटवालले पद तथा गोपनीयताको सपथ गराएका थिए ।