४ जेष्ठ २०८१, शुक्रबार 1715928021
Banner

गठबन्धनमा सिट बाँडफाँट, १० कांग्रेस ६ माओवादी अरु दललाई कति ?

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको १९ सिटमा सत्ता गठबन्धनमा बाँडफाँट भएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट टुङ्ग्याएको हो ।

बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले १९ सिटमध्ये १० मा नेपाली कांग्रेस, ६ वटा नेकपा (माओवादी केन्द्र०, दुई वटा नेकपा (एकीकृत समाजवादी) र एउटा जनता समाजवादी पार्टी (जसपा) नेपालले उम्मेदवारी दिनेगरी टुङ्गो लागेको बताउनुभयो । गठबन्धनका अन्य तीन दललाई भने भाग छुट्याइएको छैन्। सत्ता गठबन्धनमा जनमत, नागरिक उन्मुक्ति र जनमोर्चा छन्। उनीहरुले एक(एक सीट दाबी गरेका छन्।

गठबन्धनले गरेको निर्णयमा नेकपा एकिकृत समाजवादीले भने असन्तुष्टि जनाएको छ ।