८ जेष्ठ २०८१, मंगलवार 1716324408
Banner

बरहथवामा कर्फ्यु हट्यो, निषेधाज्ञा भने जारी

काठमाडौँ । सर्लाहीको बरहथवामा कर्फ्यु सकिएको छ भने निषेधाज्ञा जारी छ । बरहथवा ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा भएको प्रदर्शनका क्रममा हिजो स्थानीय युवा जयशंकर साहको मृत्यु भएको थियो ।

जिल्ला प्रशासन कार्यालयले प्रदर्शन नियन्त्रणमा लिन शुक्रबार बेलुका साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्मको लागि कर्फ्यु जारी गरेको थियो ।

कर्फ्युको समय सकिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज बिहान ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्मको लागि निषेधाज्ञा भने जारी राखेको छ ।