२०७९ आश्विन १२ बुधबार 1664366203
Banner

माछापुच्छ्रे गाउँपालिकामा एमालेका उम्मेदवार सिफारिस, चार वडा सर्वसम्मत

पोखरा – नेकपा एमालेले स्थानीय निर्वाचनका लागि वडामा उम्मेदवारको सिफारिस सुरु गरेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको चार वडामा एमालेले आज सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ ।

वडा नम्बर १ मा अनुप गुरुङ, वडा नम्बर २ मा केशकुमारी गुरुङ, वडा नम्बर ७ मा अम्बर गुरुङ र वडा नम्बर ८ मा कृष्ण दवाडीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । सबैको सिफारिस सर्वसम्मत रुपमा गरेको एमालेले जनाएको छ । बाँकी वडाहरूमा सर्वसम्मत हुन नसकेका कारण केही ढिला भएको छ ।

वडाध्यक्षमा निर्विरोध सिफारिस भएका अनुप र अम्बर नयाँ अनुहार हुन् भने दुई जना अहिलेकै जनप्रतिनिधि हुन् । वडा नम्बर २ मा अहिलेको महिला सदस्यलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।

वडा नम्बर ८ बाट सिफारिस भएका दवाडी अहिले पनि वडाध्यक्ष छन् । बाँकी उम्मेदवारको टुंगो पनि आजै लगाउने दवाडीले बताए ।