२०७९ आश्विन ११ मंगलवार 1664262372
Banner

धनुषाका मालपोत कार्यालयका प्रमुख ५ लाख घुससहित पक्राउ

जनकपुरधाम । मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झा सेवाग्राहीसँग ५ लाख घुस लिएको आरोपमा पक्राऊ परेका छन् । जनकपुरधामको भानुचौकबाट आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले घुससहित पक्राऊ गरेको जनाएको छ ।

जग्गाको हकछाप मुद्दाको फैसला प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राऊ गरिएको छ । अख्तियारले पक्राऊ परेको स्थलमा मुचुल्का उठाई रहेको छ ।