१३ बैशाख २०८१, बिहीबार 1714064083
Banner

पाकिस्तानको संसद्ले आज नयाँ प्रधानमन्त्री चयन गर्दै, शेहबाज शरीफ प्रधानमन्त्री बन्ने सम्भाबना

पाकिस्तान । इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले आज नयाँ प्रधानमन्त्री चयन गर्दै छ । नयाँ प्रधानमन्त्री चयनका लागि आज विहान ११ बजेदेखि मतदान हुँदै छ । सर्वोच्च अदालतले यसअघि विपक्षी दलहरुले ल्याएको अविश्वास प्रस्तावलाई खारेज गर्ने उपसभामुखको निर्णयलाई खारेज गरिदिएसँगै राष्ट्रिय सभामा उच्च राजनीतिक गतिरोधको अन्त्यका लागि इमरान खान सरकारलाई सत्ताबाट बहिर्गमित गरिएको छ।

अविश्वासको मतबाट पद गुमाउने पाकिस्तानकै पहिलो प्रधानमन्त्री इमरान खान भएका छन् । पाकिस्तानको इतिहासमा अविश्वासको प्रस्तावमार्फत यसअघि कुनै प्रधानमन्त्री पदमुक्त भएका थिएनन् । पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षको कार्यकाल पूरा गर्न पाएका छैनन् । कुल ३४२ सदस्यीय सदनमा प्रस्तावको पक्षमा १७४ सदस्यले मतदान गरेका थिए ।

पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का अध्यक्ष शेहबाज शरीफ आगामी प्रधानमन्त्री बन्ने निश्चित प्रायः छ । उनी हाल नेशनल एसेम्बलीमा विपक्षी दलका नेता पनि हुन् । एजेन्सीहरु