८ बैशाख २०८१, शनिबार 1713640666
Banner

एमाले अध्यक्ष ओली र उपाध्यक्ष पौडेलले आज बझाङमा हुने बृहत जनसभालाई सम्बोधन गर्नुहुने

बझाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलले आज बझाङमा हुने बृहत जनसभालाई सम्बोधन गर्ने हुनुभएको छ ।

एमाले बझाङ जिल्ला कमिटीले आयोजना गर्न लागेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली र उपाध्यक्ष पौडेल बिहान ११ बजे हेलिकोप्टरमार्फत बझाङ जाने कार्यक्रम रहेको छ ।

कार्यक्रममा ३० हजार बढी स्थानीय उपस्थित हुने अपेक्षा गरिएको एमाले बझाङ अध्यक्ष दमन भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बझाङमै पहिलो पटक यति ठुलो कार्यक्रमको आयोजना गर्ने तयारीमा छौँ ।’ कार्यक्रममा करिब २ हजार बढी विभिन्न पार्टीबाट नेता कार्यकर्ताहरू एमाले प्रवेश गर्ने भएका छन् ।

पहिलो पटक अध्यक्ष र उपाध्यक्ष आउने कार्यक्रम ऐतिहासिक हुने एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले बताउनुभयो ।