३१ बैशाख २०८१, सोमबार 1715605566
पालिका

सहकारीको अवलोकन पश्चात उपप्रमुख भट्टराईका यस्ता छन सुझाब

काठमाडौं । सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले कलकल उपभोक्ता सहकारी संस्थाको अवलोकन गर्नुभएको छ ।

उहाँसहितको टीमले सूर्यविनायक नगरपालिका वडा नम्बर ४ नयाँ ठिमीमा रहेको कलकल सहकारी संस्थाको निरीक्षण गर्नुभएको हो ।

स्थलगत अवलोकनपछि उपप्रमुख भट्टराईले निम्न सुझाब दिनुभएको छ ।

सहकारी संस्थामा न्युनतम शेयर लिएर भए पनि वढि भन्दा वढि सदस्य वनाऊने,
सहकारी पसलमा समान मुल्य उपभोक्ताले देख्ने गरि राख्नुपर्ने
सामानमा मेनुफेक्चर र एक्सपायरि डेट भएको हुनपर्ने
पसलमा सामान लिंदा लेवल सहितको प्यान नं भएको लोगो सहित सामान राख्नुपर्ने
सहकारी पसल भएकोले सुपथ मुल्यमा समान दिने वातावरण वनाऊनपर्ने
रैथाने ऊत्पादनलाई प्राथमिकता दिनुपर्ने

सदस्यले वचत, कर्जा र समान खरिद कारोवार गरे वापत संरक्षित पुंजी फिर्ता कोषवाट सदस्यहरुलाई रकम फिर्ता दिन पर्ने सहकारीको सुपथ मुल्य पसल सवै वडामा संचालन गर्न अन्य सहकारी संस्था संग समन्वय गर्ने योजना वनाऊनु पर्ने
सदस्यहरुलाई समान खरिदमा थोरै भए पनि छुट दिनु पर्ने
सदस्यहरुको मासिक रासन सामग्रिको चेक लिस्ट वनाऊनु पर्ने
सदस्यहरुलाई मासिक वचत न्युनतम २०० देखि २००० सम्म अनिवार्य वचत गर्न लगाऊने
उपभोक्ता सहकारी संस्थाको प्रमुख उदेश्य सदस्यहरुको ऊत्पादन खरिद तथा विक्रि गर्नु हुने
संस्थाले आवश्यकता अनुसार विभिन्न वचत शिर्षक राख्न सकिनेछ, जस्तै मासिक वचत, वाल वचत , चाडपर्व वचत, सामान खरिद राख्न सकिने लगायतका सुझाब दिनुभएको थियो ।

सोही अवसरमा संस्थाका अध्यक्ष रगिता वस्नेतले कलकल सहकारी संस्था नयां भएतापनि समान खरिद गर्न आऊने उपभोक्ताहरु अचम्मित हुंदै सहकारी पनि यस्तो हुन्छ भन्दा थप ऊत्साहित भएको बताउनुभयो । उहाँले हाल घरमा चाहिने सम्पुर्ण खाध्य सामग्रि संस्थाले किनेर सदस्यहरुलाई नै वेच्ने भएकोले खरिदमुल्य र विक्रिमुल्यलाई ध्यान दिएर वेच्न तयारी गरिरहेको बताउनुभयो । सुर्यविनायकमा भएका अन्य प्रकृतिका सहकारी संस्थाका सदस्यहरुको उत्पादन पनि खरिद गर्ने वातावरण बनाउदै गरेको उहाँले सुनाउनुभयो ।