७ जेष्ठ २०८१, सोमबार 1716206092
Banner

सन्दीप लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेदैमा

काठमाडौँ– जिल्ला अदालतमा चलिरहेको क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा आज बहस नसकिएपछि हेर्दाहेदैमा राखिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासमा क्रिकेटर लामिछाने विरुद्धको मुद्दामा बिहान साँढे १० बजेदेखि सुरु भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

गत आइतबारदेखि सुरु अन्तिम सुनुवाइमा आज पनि वादी पक्षका कानुन व्यवसायीहरूको बहस नसकिएपछि सुनुवाई हेर्दाहेदैमा राखिएको हो ।

भोलि पनि वादी पक्षका कानुन व्यवसायीबाट नै बहस बहस सुरु हुनेछ । वादीका पक्षको बहस सकिएपछि भोलि क्रिकेटर लामिछानेका कानुन व्यवसायीहरूले बहस गर्नेछन् ।