७ बैशाख २०८१, शुक्रबार 1713577867
राजनीति

चामुण्डा बिन्द्रासैनी नगरपालिका मेयरमा सर्वसम्मत

दैलेख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरूले उम्मेदवारको टुंगो लगाउने प्रक्रियालाई तीव्रता दिएका छन्।

निर्वाचन नजिकिएसँगै दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा एमालेले मेयरको उम्मेदवार टुंगो लगाएको छ।

एमाले चामुण्डा बिन्द्रासैनी नगर कमिटीको आइतबार बसेको बैठकले सूर्यबहादुर शाहीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो।

शाही जिल्ला विकास समिति दैलेखका पूर्व उपसभापति हुनुहुन्छ ।