९ जेष्ठ २०८१, बुधबार 1716407294
अर्थ

भक्तपुर चेम्बर अफ कमर्स उत्कृष्ट

भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्सले उत्कृष्ट जिल्ला नगर चेम्बरको रूपमा कदर सम्मान प्राप्त गरेको छ । 

नेपाल चेम्बर अफ कमर्सको ७१औं वार्षिक साधारण सभा एवं चेम्बर दिवस २०७८ को उद्घाटन समारोहका अवसरमा भक्तपुर चेम्बर अफ कमर्सले उक्त सम्मान प्राप्त गरेको हो । 

समारोहमा प्रमुख अतिथि सभामुख अग्निप्रसाद सापकोटाले भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरलाई दोसल्ला ओढाई कदरपत्र प्रदान गरे ।