८ बैशाख २०८१, शनिबार 1713593436
Banner

गभर्नरमाथिको कारबाही तत्काल फिर्ता लिन एमालेको माग 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई गभर्नरमाथिको कारबाही तत्काल फिर्ता लिन माग गरेको छ ।

तीन पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडा तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले पार्टीका तर्फबाट पत्रकार सम्मेलन गरी यस्तो माग राखेका हुन् ।

 “यो सरकारले गभर्नर महाप्रसाद अधिकारीमाथिको कारबाही तत्काल फिर्ता लिओस् । एउटा असल मान्छेलाई कारबाही गरेर सरकार अर्थतन्त्रमाथि नकारात्मक हस्तेक्षप गरिरहेको छ,” पूर्वअर्थमन्त्रीसमेत रहेका विष्णु पौडेलले भन्नुभयो,, “उहाँको विगतको ट्रयाक रेकर्ड हेरौं । उहाँका अहिलेका काम कारबाही र भूमिका पनि हेरौं । उहाँलाई कारबाही गर्नुपर्ने अवस्था कहाँ भेटिन्छ ?”