४ बैशाख २०८१, मंगलवार 1713289329
Banner

सार्थक हस्तक्षेप गर्न सकिएन भने श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले समयमै सार्थक हस्तक्षेप गर्न सकिएन भने श्रीलंका हुनबाट कसैले रोक्न नसक्ने जिकिर गर्नुभएको छ ।

मुलुकको आर्थिक अवस्थाबारे तीन पूर्वअर्थमन्त्रीले सामुहिक पत्रकार सम्मेलनमा पौडेलले पार्टीको धारणा राख्दै तत्कालिन केपी शर्मा ओली सरकारले अर्थतन्त्रलाई स्वस्थ्य अवस्थामा छाडेकोसमेत उल्लेख गर्नुभयो । ‘सरकारको निर्णय र व्यवहारले अर्थतन्त्र जोखिमको अवस्थामा पुगेको हो,’ उहाँले भन्नुभयो ।

पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले पत्रकार सम्मेलन गर्नुभएको हो ।

मुलुकको आर्थिक अवस्था चरम स्थितिबाट गुज्रिरहेकाबेला गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि पूर्वअर्थमन्त्रीहरुले आफ्नो धारणा प्रस्तुत गर्दैछन् ।

पत्रकार सम्मेलनमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटा, डा. पुष्प कँडेल पनि हुनुहुन्छ ।