७ बैशाख २०८१, शुक्रबार 1713583013
राजनीति

रामेछापमा एमालेले छान्यो मेयर-उपमेयरमा सर्वसम्मत उम्मेद्वार

रामेछाप । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापमा सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।

नेकपा एमालेको तर्फवाट रामेछाप नगरपालिकाको मेयर पदका लागि रोशन पाख्रिन र उपमेयर पदका लागि सीता कुमारी केसीको नाम सर्वसम्मत रुपमा चयन गरेको हो ।

रामेछापमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत गठबन्धन भित्र उम्मेदवार बनाउँन नै ठूलो विवाद छ । एमालेले भने चरम विवादभित्र फाइदा लिँदै सर्वसम्मत उम्मेद्वारसहित चुनावी रणनीति बनाएर चुनावी प्रचार सुरु गरिसकेको छ ।