१३ बैशाख २०८१, बिहीबार 1714089705
राजनीति

ललितपुर महानगरपालिका-१६ मा एमालेबाट सुप्रभा शाक्य सर्वसम्मत उम्मेदवार

ललितपुर। नेकपा एमाले ललितपुर महानगरपालिका कमिटीले आफ्ना उम्मेदवारहरु सर्वसम्मत ढंगले चयन गर्न थालेको छ ।ललितपुर महानगरपालिका वडा नम्बर १६ बाट सुप्रभा शाक्यलाई वडा अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन गरेको हो ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिका वडा नम्बर १६को वडा अध्यक्षको उम्मेदवार शाक्य सर्वसम्मत रुपमा चयन गरिएको एमाले वडा कमिटीले जनाएको छ ।

उहाँलाई सूर्य चिन्हमा छाप लगाइ अत्याधिक बहुमतले विजयी गराउँन १६ नम्बर वडाका सम्पूर्ण आदरणीय आमा–बुबा, दाजु–भाइ, दिदी–बहिनी तथा इष्टमित्रहरू सँग हार्दिक अनुरोध गर्दछु भन्दै स्थानीयहरुले सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् ।

उहाँको सकारात्मक सोचको उर्जा भनेको नै समग्र १६ वडालाई समेटेर नमुना वडा बनाउनुपर्छ भन्ने रहेको हुँदा यस सोचाइलाई पूरा गर्न सम्पूर्ण १६ वडावासीको आशीर्वाद र अमूल्य भोटको अपेक्षा गरिएको नेता, कार्यकर्ता तथा मतदाताहरुको बुझाई छ ।