७ जेष्ठ २०८१, सोमबार 1716260323
Banner

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनवाई आज पनि स्थगित

काठमाडौं, मंसिर २४ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । पटक पटक स्थगित हुँदै आएको लामिछानेविरुद्धको मुद्दा आज पनि स्थगित भएको हो ।

आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको थियो । सन्दीपका कानुन व्यवसायीबाट सुनुवाइ स्थगित गरिएको जिल्ला अदालत प्रशासनले जनाएको छ ।

यसअघि न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले मुद्दामाथि सुनुवाइ गर्दै दुवै पक्षका कानुन व्यवसायीहरूलाई बहस नोट पेश गर्न आदेश दिएको थियो । लिखित बहस नोट पेस गर्न मंसिर २२ सम्मको समय दिएर आजका लागि पेसी तोकिए पनि आज स्थगित भएको हो ।

लामिछानेमाथि काठमाडौंको गौशालास्थित एक होटलमा नाबालिका बलात्कार गरेको आरोप छ । यस अगाडि जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्धको मुद्दामा गौशाला–२६ को बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश दिएको थियो ।

लामिछानेको मुद्दामा पटक पटक पेसी तोकिँदै आएपनि फैसला नभई सर्दै आएको छ ।