१९ बैशाख २०८१, बुधबार 1714590407
पर्यटन

२० देशका पर्यटकलाई इन्डोनेसियामा ‘फ्री भिसा’

काठमाडौं । इन्डोनेसियाली सरकारले विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले चीनलगायत २० देशका पर्यटकहरूका लागि ‘फ्री भिसा’ नीति लागू गर्न लागेको छ । पर्यटनमन्त्री सान्डियागा उनोले बिहीबार यो नीतिबारे जानकारी गराएका हुन् ।

फ्री भिसा नीति आर्थिक प्रभाव, पारस्परिकताको सिद्धान्त र सुरक्षा पक्षसहित केही अन्य विचारहरूमा आधारित छ,ु युनोले जकार्तामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँगको भेटपछि पत्रकार सम्मेलनमा भने । आधिकारिकरूपमा लागू गर्नुअघि नियमावलीलाई एक महिना अगाडि नै अन्तिम रूप दिने उनले जानकारी गराए । इन्डोनेसियाले सन् २०२४ मा १ करोड ४० लाख विदेशी पर्यटकहरू भित्र्याउने गर्ने लक्ष्य राखेको छ । यदि त्यसो भएमा देशको अर्थतन्त्रमा २०० ट्रिलियन रुपैयाँसम्म योगदान पुग्नसक्ने अपेक्षा गरिएको छ । रासस