७ बैशाख २०८१, शुक्रबार 1713580985
Uncategorized

बिहान तराईमा हुस्सु, राति उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

बिहान तराईका धेरैजसो भूभागहरूमा हुस्सु-कुहिरो लागेको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

राति सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै, बुधबार सुदूरपश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।