११ बैशाख २०८१, मंगलवार 1713874563
Banner

४० करोडको आयस्रोत मिलाउने आदेश नमान्दा गभर्नरलाई निलम्बन : नेम्वाङ

इलाम । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले ४० करोडको आयस्रोत मिलाउने आदेश नमान्दा गभर्नरलाई अहिलेको सरकारले निलम्बित गरेको बताउनुभएको छ । आयस्रोत नै नखुली विदेशबाट आएको ४० करोड रकम वैधानिक बनाउनुपर्ने सरकारको आदेश नमान्दा पदबाट निलम्बित गरेको उहाँको भनाइ थियो ।

आफ्नो गृह जिल्लामा जनवर्गिय सङ्गठन संयन्त्र इलामको विस्तारित भेलालाई संवोदन गर्दे नेम्वाङले सरकारले राम्रो काम भन्दा पनि नकारात्मक काम गर्नमा अघि बढेको बताउनुभयो । ८८ दिनमा पूर्णता पाएको गठबन्धन सरकारका एक सय दिनका काम राम्रो गर्ने तर्फभन्दा पनि कसरी नराम्रो गर्ने तर्फ केन्द्रित भएको उहाँको आरोप थियो।

गठबन्धनको सरकार बनेपछि आर्थिक विधेयकमा जति रकम भित्र्याए पनि आयस्रोत उल्लेख गर्न नपर्ने रहेको भन्दै सरकारले दिएको आदेश फरक प्रसङ्गमा नेम्वाङले भन्नुभयो ‘यो सरकारले अघिल्लो सरकारले जारी गरेको लिपुलेक र लिम्पियाधुरा सहितको चुच्चे नक्सा हटाएर दक्षिण पन्थीसँग लम्पसार बनेको छ ।’